समितिद्वारा एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्नू निर्देशन

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

१ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको हाे ।

समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका थिए । सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको भनाइ छ ।

कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको महाप्रबन्धक यादवले बताए । उनले पुस्तक छाप्न अहिले कागज अभाव छ वा छैन भन्नेबारे केही खुलाएनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति