एमालेका थापालाई हराउँदै पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु विजयी

काठमाडौं, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्। त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन।

गएराति मध्यरातमा सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।नेककापा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ५ हजार ६सय ७४ मत पाए। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत पाए।पोखरा महानगरपालिकाको उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ बिजयी भएकी छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन्।

मंगलबार राति सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन ९रञ्जु०ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन्। पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ५ सय १२ मतदाता रहेकोमा वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति