घुस मागेको आरोपमा पन्जाबका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेर पक्राउ गरियो

काठमाडौं, १० जेठ । घुस मागेको आरोपमा बर्खास्तीमा परेका भारतको पन्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला पक्राउ परेका छन् । एक आयोजना कार्यान्वयनको क्रममा एक प्रतिशत घुस मागेको घटना सार्वजनिक भएपछि आजै पन्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्रीबाट सिंगलालाई बर्खास्त गरेका थिए । पन्जाबको भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको र उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ताको तयारी भएको एनडीटीभीले जनाएको छ ।

अघिल्लो महिना भएको विधान सभा चुनावमा पन्जाबमा दुई तिहाइ सिट जितेको आम आदमी पार्टीले भ्रष्टाचारका कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिँदै आएको छ । पन्जाबका स्वास्थ्यमन्त्री बर्खास्तीमा परेपछि आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भ्रष्टाचार विरोधी मोडलअनुसार नै पन्जाबमा ुएक्सनु लिएकोमा खुसी व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति