डेढ लाख भोट गन्दा बालेनले कटाए ५० हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् ।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन् ।

काठमाडौँमा नेकपा (एमाले)को तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् ।

आयोगका अनुसार अब काठमाडौँ महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौँ महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति