तालमेल असफल भयो भन्ने छैन, संघ र प्रदेश निर्वाचनमा तालमेल हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।

गठबन्धन दलहरू नै बलियो भएको स्थानीय तहमा भने आफूहरूबीच नै प्रतिस्पर्धा भएको थियो । जसलाई गठबन्धन दलहरूले मित्रवत् प्रतिस्पर्धा भनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति