सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौँ । संघ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति