लुम्बिनी नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतको अन्तरले पराजित भए । गुप्ताले ५ हजार ५९६ मत पाए ।

उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । ६ हजार १६९ मत पाएर निर्वाचित हुँदा जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति