भरतपुरमा रेणु दाहालले कटाइन् ४७ हजार मत

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेणु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन् ।

उनी पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४ हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति