३५ अंकले झरेर २२ सय बिन्दुमा सेयर बजार

काठमाडौं, ९ जेठ । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४।२१ अंकले झरेको बजार २२००।८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो ।

सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । सोमबार कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।

सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६।२० प्रतिशतले बढेर ११३६।५० रुपैयाँ पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५।२६ प्रतिशतले बढेर ४४२।१० रुपैयाँ पुगेको छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५।८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ । सोमबार नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति