वरिष्ठ कलाकार हरिवंश बिवाइडीका ब्राण्ड एम्बेसडर

काठमाडौं, ९ जेठ । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन्। बिवाइडी कम्पनीको नेपालस्थित अधिकृत विक्रेता साइमेक्स इंकले वरिष्ठ कलाकार आचार्यलाई ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको हो ।

सो सम्बन्धी सम्झौतामा साइमेक्स इंक नेपाल र हरिवंश आचार्यबीच शनिबार हस्ताक्षर भएको छ । बिवाइडीद्वारा निर्मित नयाँ इलेक्ट्रिक भेइकल ‘एटो थ्री’को व्यापार प्रवद्र्धनका लागि आचार्यसँग सहकार्य भएको साइमेक्स इंकले प्रेस विज्ञप्तिमा जनाएको छ । साइमेक्स इंकसँग ब्राण्ड एम्बेसडर सम्झौतापछि समारोहमा बोल्दै वरिष्ठ कलाकार आचार्यले भने –‘बढ्दो सवारी प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ र, जलवायु परिवर्तनले पृथ्वीको वातावरणलाई असन्तुलित बनाइरहेको छ । यस्तो बेला इलेक्ट्रिक भेइकल कम्पनी बिवाइडीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको छ । , ‘बिवाइडीसँगको मेरो सहकार्यले नेपालका सडकहरुमा वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या बढोस्’ उनले भने । वरिष्ठ कलाकार आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ता भएकोले स्वच्छ, स्वस्थ वातावरण निर्माणमा उनसँगको सहकार्य सफल हुने विश्वास साइमेक्स इंकले लिएको छ ।

बिवाइडी कम्पनीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार नगरकोटमा डिलरहरुको सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा देशभरिका ११ वटा डिलर सहभागी भएका थिए । सहभागीहरुले देशभरि इलेक्ट्रिक भेइकलको व्यापार प्रवद्र्धन गर्न राजमार्गका साथै प्रमुख सहरहरुमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए । भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न र नेपालमै उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि विद्युतीय सवारी साधनको विकल्प छैन ।

नेपाल सरकारले पनि सन् २०२४ सम्म विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सन् २०३० सम्म विद्युतीय सवारीको संख्या ६० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विद्युतीय सुविधा उपलब्ध गराउनुपर्छ । र विद्युतीय सवारी साधनको बिक्री वितरण बढाउन स्थिर नीति आवश्यक पर्छ ।साइमेक्स इंकका अनुसार नेपालमा बिवाइडी इ–६ कार, एम थ्री भ्यान र विद्युतीय बस गरी करिब ३५० वटा इलेक्ट्रिक सवारी साधन सडकमा गुडिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board