हेटौंडाकी मेयरले गरे पहिलो निर्णय विपन्न १५४१ परिवारको निशुल्क स्वाथ्य बीमा

हेटौंडा, ९ जेठ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।

सोमबार पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।

त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।

त्यस्तै महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय समेत भएको हेटौंडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति