काठमाडौं ९ जेठ ।ल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २ सय पालिका प्रमुख जितेको छ। बैशाख ३० गते नेपालको एक मात्र मिडिया हाउस एबीसी टेलिभिजन र नेपालपेजले सार्वजनिक गरेको एक्जिटपोल ९९ प्रतिशत मिल्न पुगेको छ।
वैशाख ३० गते भएको निर्वाचनको ७२७ पालिकाको मतपरिणाम अनुसार नेकपा एमालेले दाङको घोराही र बाराको कलैया उपमहानगरपालिकासहित २ सय तह जितेको छ भने दांगकै तुलसीपुरमा अग्रता कायमगरेको छ । ।
गणना भइरहेकामध्ये एमालेले ६ स्थानीय तहमा अग्रता लिएको छ। एमालेले ७६ नगरपालिका प्रमुख, १ सय २३ गाउँपालिका प्रमुख जित्यो।
प्रदेश १ मा ४४, बागमती २२, कर्णाली र सुदूरपश्चिममा एमाले निकै कमजोर बनेको छ।

२०७४ मा २ सय ९४ तह जितेर पहिलो पार्टी बनेको एमाले पाँच वर्ष पछि भएको निर्वाचनमा भने ९० तह गुमाएर दोस्रो दल बन्न पुगेको छ।
एमालेले काठमाडौं र पोखरा महानगरपालिका गुमाउने भएको छ ।
मकवानपुरको हेटौडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल, धनकुटाको धरान र बाराको जितपुरसिमरा जस्ता प्रमुख शहरहरुका उपमहानगरहरुमा पनि एमालेले पराजय भोग्न पुगेको छ ।
एमालेले २०७४ मा देशका मुख्य शहर मानिने काठमाडौं र पोखरा सगरी दुई महानगरपालिका ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख, १७१ गाउँपालिकाको अध्यक्षसहित २ सय ९४ तहको प्रमुख जितेको थियो।
पाँच वर्षअघि १९४ गाउँपालिकाको उपाध्यक्ष समेत गरेर एमालेले ३३१ ठाउँमा उपप्रमुख(उपाध्यक्ष जितेको थियो।
प्रतिक्रिया