बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ ।

घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयो ।

बार्सिलोनाले ला लिगा च्याम्पियन रियाल मड्रिडभन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो ।

बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ ।

त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद् अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २–१ ले हरायो । सेभियाले पनि सिजनको सुखद् अन्त्य गर्ने क्रममा एथ्लेटिक बिल्बाओलाई १–० ले पराजित गर्‍यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board