जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ ।

सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो ।

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाइलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै इञ्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’

एयरलाइन्सका इञ्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति