शपथलगत्तै टोकियो जाँदै अष्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी

सिड्नी । एन्थोनी अल्बानिजले अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदै छन् ।

क्वाड राष्ट्रका सदस्यहरु- अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दै छन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग शपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन ।

झन्डै एक दशकपछि अष्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board