शिवसताक्षी नगरपालिकामा एमाले विजयी

झापा । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले १३ हजार ५० मत ल्याइ पराजित भए ।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति