विराटनगर । मोरङको रंगेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा दिलिप बगडियाले १२ हजार ८५१ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे ।
नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नम्बर ६ मा पसपाकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गरेकी छन् ।
प्रतिक्रिया