पोखरामा एमाले मेयरका उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

पोखरा, ८ जेठ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १६ गुमाएको छ। वडा नम्बर १६ एमालेबाट मेयरका प्रत्यासी रहेका कृष्ण थापा घर भएको क्षेत्र हो।

उक्त वडाबाट नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी बनेका छन्। त्यस वडाबाट एमालेले राजेश गुरुङलाई अध्यक्षमा उठाएको थियो।

यसअघि यो वडाबाट हालका एमालेका पोखरा नगर कमिटीका सचिव जीवन आचार्य विजयी भएक थिए। उनले ३ हजार १३३ मत ल्याउँदा कांग्रेसका पदमसिंह गुरुङले २ हजार ८६८ मत पाएका थिए।

यद्यपि, मेयरमा कृष्ण थापाले प्रतिस्पर्धी गठबन्धनका धनराज आचार्यभन्दा ७ सय बढी मत पाएका छन्। यो वडामा ७ हजार ५१९ बढी मतदाता थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति