चितवन । चितवनको भरतपुर महानगरपालिका १० स्थित शिखर इन्स्युरेन्समा कार्यरत ३६ वर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको छ ।
आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा विद्युत सर्ट हुँदा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए ।
घटनामा भरतपुर महानगरपालिका वडा नं ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् ।
प्रतिक्रिया