धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ५ हजार मतसहित अग्रता लिएका छन् । मत गन्न अब थोरै बाँकी रहेकाले अब उनको जित सुनिश्चित भइसकेको छ ।
मत गणनास्थल बाहिर आएर साम्पाङले फेसबुकमार्फत लाइभ गर्दै जित सुनिश्चित भइसकेको जानकारी गराएका छन् । उनले आफू ५ हजार मतका साथ अघि रहेको बताएका छन् ।
उनले फेसबुक लाइभमार्फत विजयोत्सव मनाउनका लागि तयार रहन समेत भनेका छन् ।
विजयोत्सवमा जम्मा हुँदा खादा, माला लगायतमा खर्च नगर्न समेत आव्हान गरेका छन् । खादा, मालामा गर्ने खर्च अरु नै शीर्षकमा खर्च गर्न सुझाव दिँदै उनले भोट दिएर नै ठूलो सम्मान गरिसकेकोमा साम्पाङले सबै मतदातामा धन्यवाद दिएका छन् ।
प्रतिक्रिया