भरतपुरमा रेनु विजयभन्दा ८ हजार बढीले अघि

चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

अहिलेसम्म ९४२३२ मत गणना भएको छ। उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२२३३ मत ल्याएका छन्। उपमेयरमा भने सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९१२९ मत ल्याएका छन्।

एमाले-राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२९११ मत ल्याएकी छन्। मतगणना जारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति