पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा 

पोखरा, ८ जेठ । पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् । 

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । 

मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board