माओवादी केन्द्रले जित्यो ११९ पालिका

काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो । 

मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् । 

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति