बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुनः विजयी भएका छन् ।

यादवले १ हजार २९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७ हजार ३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७ हजार ९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी पुस्पाञ्जली देवीले ७ हजार १० मत पाइन् । कानुले निकटतम् प्रतिद्वन्द्वी एमालेकी देवीभन्दा ९८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति