भरतपुर अपडेट : रेनु दाहाल ७ हजार मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको ८७ हजार मतगणना भइसकेको छ । वडा नम्बर १७ सम्म भएको यो मतगणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल ७ हजार बढी मतका साथ अग्रता लिइरहेकी छिन् ।

आइतबार बिहान दिइएको जानकारी अनुसार, दाहालले ३५ हजार ४९ मत प्राप्त गरेका छन् । एमालेका विजय सुवेदीले २७ हजार ६६१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार २७३ मत ल्याएर अगाडि छन् भने राप्रपाका हिमला गुरुङले २१ हजार ८७३ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति