अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

  • हरिप्रसाद भुसाल

अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैको स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । अर्घाखाँचीमा यो स्थानीय निर्वाचनबाट पालिकाको नेतृत्वमा निर्वाचित भएका सबै नयाँ अनुहार हुन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भइ कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक नेकपा एमालेका उम्मेदवारले पराजित गरे । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।

भूमिकास्थान मेयरमा एक कार्यकाल पूरा गरी एमालेबाट पुनः मेयरको दौडमा रहेका रेशम थापालाई राष्टिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तब्ध पारिन् ।

पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति