धनुषामा मातृका यादवका भाइले जिते नगरपालिका मेयर

जनकपुर । धनुषाको सबैलामा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै यादव र खातुनले जितेका हुन् ।

मेयरमा निर्वाचित कारीराम माओवादीका स्थायी समिति सदस्य मातृका प्रसाद यादवका कान्छो भाइ हुन् ।

कारीराम ४ हजार २११ मत ल्याएर मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबा काँग्रेसका उम्मेदवार जगत सुन्दर साह ४ हजार ७६ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै रहिमा खातुन ४ हजार ६९९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किरण कापरले ३ हजार ६०४ मत प्राप्त गरिन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति