काठमाडौंमा ९७ हजार मतगणना गर्न बाँकी, बालेन शाहको निरन्तर अग्रता

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ ।

अभै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति