भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन् ।

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन् । ७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २९ हजार ४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार३३४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति