तलबभत्ता नलिने नौमुले गाँउपालिका अध्यक्ष सुवेदीको घोषणा

दैलेख, ७ जेठ । दैलेखको नौमूले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलबभत्ता नलिने घोषणा गरेका छन्। शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले आफू जनताको सेवक भएकाले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।

उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताए।

अध्यक्ष सुवेदी गत वैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board