आजबाट शुक्रबार पनि सेयर कारोबार

काठमाडौं, ६ जेठ । आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एस्चेन्जलाई शुक्रबार पनि कारोबार खुला गर्न निर्देशन दिएसँगै आजदेखि कारोबार भएको हो । कारोबारको समय भने परिवर्तन गरिएको छैन । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति