नेप्से १६ अंकले घट्यो, कारोबार १ अर्ब भन्दा कम

काठमाडौं, ६ जेठ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५।८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५।०९ बिन्दुमा आएर रोकिएको छ ।

शुक्रबार कुल २२३ कम्पनीको १९ हजार १०९ पटक कारोबारबाट २५ लाख २४ हजार २६८ कित्ता सेयर किनबेच भएको छ । शुक्रबार कारोबार रकम भने मात्र ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र भएको छ ।

म्युचअल फन्ड बाहेक शुक्रबार सबै उपसमूहको नेप्से परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ता छन् । घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको भने प्रतिकित्ता ३९ रुपैयाँका दरले मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २।७३ प्रतिशतले बढेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत बढ्यो । सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको मूल्य ४।९४ प्रतिशतले घट्यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति