झापा बिर्तामोड नगरपालिकाले पायो पहिलो महिला मेयर

बिर्तामोड, ६ जेष्ठ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले पहिलो महिला मेयर पाएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य पवित्रा महतारा प्रसाईं निर्वाचित भएकी हुन् ।

अघिल्लो कार्यकालकी उपमेयर प्रसाईं निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७ सय ५८ मतान्तरले पराजित गर्दै बिर्तामोडको मेयर पदमा निर्वाचित भएकी हुन् । प्रसाईं जिल्लामा पहिलो महिला मेयर बनेकी छन् ।

उनले १६ हजार ५ सय २० मत प्राप्त गरिन । निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत पाए । ५७ हजार ४ सय ९ मतदाता रहेको बिर्तामोडमा बैशाख ३० को निर्वाचनमा ४१ हजार ४४ मत खसेको थियो ।

उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । संग्रौलाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार एक सय ३५ मतान्तरले पराजित गरे । संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत मात्र पाए । बिर्तामोडमा १० मध्ये एमालेले ६ वटा वडा पनि जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति