कर्णालीको अन्तिम पालिकामा माओवादी केन्द्रकाे जीत

सुर्खेत, ६ जेठ । कर्णाली प्रदेशका सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रबार बिहान कालिकोटको पचालझरना गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै कर्णालीका ७९ पालिकामा २०७९ को स्थानीय तह निर्वाचन सकिएको हो।

अन्तिममा परिणाम आएको पचालझरनामा माओवादी केन्द्र विजयी भएको छ। एमाले र कांग्रेसबीच गठबन्धन भएको उक्त पालिकामा माओवादी केन्द्रका देवराज शाही २३६२ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसका टेकबहादुर बोगटीलाई हराएका हुन्। बोगटीले १७२९ मत पाए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अल्किना बम विजयी भएकी छन्। उनले २३९८ मत पाइन्। पराजित भएका एमाले उम्मेदवार रण रोकायाले १२३६ मत पाए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति