फेदीखोला । स्याङ्जाको फेदीखोला गाउँपालिकाका पुनःनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले पदभार ग्रहण गरेका छन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष सुवेदीले पदभार ग्रहण गर्दै प्राविधिक विषयमा पढ्ने ३० विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका छन् ।
गाउँपालिकाभित्र रहेका बिपन्न दलित विद्यार्थीहरुलाई प्राविधिक विषयतर्फ प्रत्येक वर्ष ३० जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया