सभामुख सापकोटा गरे भाइरल यौनहिंसाका दोषीलाई कानूनी दायरामा ल्याउन निर्देश

काठमाडाै, ६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई वलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेकाे थियो । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सरकारलाई निर्देशन दिदैँ सभामुख सापकोटाले भने – ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाई राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धि विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफुलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट वलात्कार भएको घटना सार्वजनिक गरेका थिए । उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएको थियो । उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति