काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ भैरहवा जाँदैछन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई सरल र सहज सेवा दिन आवश्यक प्रवन्ध गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।
वैदेशिक रोजगारसम्वन्धि कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि निकट भविष्यमै विस्तार गर्ने योजना रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया