पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा माओवादी विजयी

नवलपरासी, ६ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजु प्रसाद गुप्ता ४ हजार ३८१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीले ४ हजार २९५ मत पाए ।गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सकिना फतिमा खातुन माओवादी केन्द्रकी पावित्री कोहारलाई ५१३ मत अन्तरले पछि पार्दै विजयी भइन् । खातुनले ३ हजार ६९८ र पावित्री कोहारले ३ हजार १८५ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति