विष्णु पौडेलको वडामा ३० वर्षपछि कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

यो वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ ढकालको पनि वडा हो ।यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति