पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । उनले साहनीलाई ८६ मतान्तरले पराजित गरे । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छन् । माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरिन् ।

कुल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । कांग्रेस वडा नम्बर १ र ४, माओवादी केन्द्र वडा नम्बर र ३, ५ र ६ तथा लोसपा वडा नम्बर २ मा विजयी भएको छ ।

चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति