६१७ पालिकाको मतगणना : कुन दलले कति जिते ?

काठमाडौँ | स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो ।!

जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board