भरतपुर ९ मा एकीकृत समाजवादी विजयी

चितवन । नेकपा (एकीकृत समाजवादी) ले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लीलाबल्लभ भुषालले १ हजार ४०६ मत ल्याए।

अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ । वडा नम्बर १० मा गठबन्धनबाट कांग्रेसका परमेश्वर खनाल वडाध्यक्षको प्रतिस्पर्धी छन् । खनालले ३ हजार ३४९ मतगणना हुँदा खनाल आफ्ना प्रतिस्पर्धी भक्तिप्रसाद गौतमभन्दा २६० मतले अगाडि छन् ।

यस्तै भरतपुर वडा नम्बर ११ मा एमालेका कमलबहादुर मल्लले गठबन्धनबाट ११ मा वडाध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णुप्रसाद पौडेलभन्दा १६० मतले अगाडि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति