सशस्त्र प्रहरीद्वारा अमेरिकन पेस्तोल र गोलीसहित एकजना पक्राउ

सप्तरी । सशस्त्र प्रहरी बलले सप्तरीमा पेस्तोलसहित एकजना पक्राउ गरेको छ ।

सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको टोलीले निज मण्डलको साथबाट उक्त पेस्तोल तथा सोको एउटा म्याग्जिन र ६ वटा गोली बरामद गरेको हो ।

मण्डललाई बरामद पेस्तोल, म्याग्जिन र गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति