काठमाडौं । एमाले उम्मेदवारलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् ।
रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए ।
उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् । यहाँ सत्तारूढ गठबन्धन थियो।
२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए ।
प्रतिक्रिया