धरान । समाजसेवी तथा महिला नेतृ राजकुमारी गुरुङले बुद्ध जयन्तीको अवसरमा सहयोग गरेका छन् ।
भूतपूर्व भारतीय गोर्खा सैनिक हनेरी सुब्दार मेजर कर्ण बहादुर गुरूङ र तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद, साबिक हाँसपोसा गाविस, हाल इटहरी २० र १९ तरहराका पूर्वाध्यक्ष, समाजसेवी एवम् महिला नेतृ राजकुमारी गुरूङले आफ्ना एक्लो छोरा युवा व्यवसायी एवम् समाजसेवी मनकाजी गुरूङ मार्फत उनको बाजेबोजुको स्मृतिमा दुई ठाउँ, छुट्टाछुट्टै, ५० हजार एक सय पच्चपन्न रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
गुरूङ लाहुरे परिवारले २६४६ औं बुद्ध जयन्ती तथा २५६६ औं महापरिनिर्माण (बुद्धत्व प्राप्त गरेका दिन) दिवसको अवसरमा आफ्नो पुर्खौली थातथलो र काठमाण्डौं सुकेधाराको गुरूङ गुम्बालाई, छुट्टाछुट्टै, नगद पचास हजार एकसय पच्चपन्न गरि जम्मा एकलाख तिन हजार दश रुपैयाँ आर्थिक सहयोग स्वर्गीय बाजे राम प्रसाद गुरूङ र बोजु लिला कुमारी गुरूङको स्मृतिमा गरेका हुन् ।
प्रतिक्रिया