सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ७ हजार २९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्रबहादुर कार्की विजय भएका छन् । उनले ६ हजार २७५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले ३ हजार ९९८ मत प्राप्त गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति