सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्षमा एमालेका मण्डल विजयी

सप्तरी, ४ जेठ । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित रेणुदेवीले ३ हजार ८ सय८० मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७ सय ७ मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति