बैतडीको पुर्चौडीको मेयर र उपमेयरमा कांग्रेसकाे जीत

बैतडी, ४ जेठ । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका छन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा नम्बर ५ को वडाध्यक्ष मात्रै जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति