ललितपुरको बाग्मतीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

ललितपुर, ४ जेष्ठ । बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् । लोप्चनले नेकपा एमालेका नवराज सन्जेललाई ८ सय ५६ मतान्तरले पराजित गर्दै अध्यक्ष जितेका हुन् ।

उनले ४ हजार ९०९ मत पाए भने एमालेका सन्जेलले ४ हजार ५३ मत ल्याए । उपाध्यक्षमा निर्वाचित दर्लामीले ४ हजार ६९२ मत पाए भने उनका प्रतिद्वन्दी एमालेका नमुना दोङले ३ हजार ७ सय मत पाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति