काठमाडौं । पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य १४ हजार ३ सय ६२ मतका साथ अग्रस्थानमा छन् ।
आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १२ हजार ५ सय १७ मत ल्याएका छन् । आचार्यले १ हजार ८ सय ४५ मतको मतान्तर रहेको छ ।
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ९ हजार ९ सय ७० मतका साथ अग्रस्थानमा छन् ।
दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ८ हजार २ सय ५८ मत ल्याएका छन् । यहाँ १ हजार ७ सय १२ मतको मतान्तर रहेको छ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवारका चिरीबाबु महर्जन ११ हजार ९ सय २० मतका साथ अग्रस्थानमा छन् ।
महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५ सय ७० मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंह ११ हजार ९ सय ९५ मतका साथ अग्रता लिइरहेका छन् ।
सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ५ हजार ६ सय ३५ मत ल्याएका छन् । उनीहरुबीच ६ हजार ३ सय ६० मतको मतान्तर रहेको छ ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला १४ हजार ६१ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले १० हजार ६ सय ९२ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ३ सय ६९ मतको मतान्तर रहेको छ ।
प्रतिक्रिया